खासकुरा संवाददाता
हेटौँडा, वैशाख १६ गते ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्युतीय गुनासो व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ ।
मन्त्रालयले विद्युतीय गुनासो व्यवस्थापन प्रणालीको सुरुवात गरेसँगै मन्त्रालयबाट प्रवाह हुने सेवा सुविधाको बारेमा नागरिकले घरमा नै बसेर पनि गुनासो गर्न सक्नेभएका छन् । मन्त्रालयको सेवा सुविधा प्रवाहका सम्बन्धमा कुनै गुनासो भए https://gunaso.mosd.bagamati.gov.np/login मा लगिन गरेर वा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयका सचिव बद्रिनाथ गैह्रेले जानकारी दिनुभयो । उहाँले विद्युतीय गुनासो व्यवस्थापन प्रणालीले नागरिकलाई मन्त्रालयको बारेमा गुनासो भए राख्न सक्ने र यसले सरकारको पारदर्शीतामा समेत सहयोग पुग्ने बताउनुभयो । प्राप्त गुनासोको सुनुवाई गरिने भन्दै विद्युतीय गुनासो व्यवस्थापन प्रणालीले मन्त्रालयलाई पनि आफ्नो सेवा प्रवाहमा सुधार ल्याउन सहयोग पुग्ने मन्त्रालयको भनाई छ ।




