करिब चार केजी अफिमसहित एक जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १६ गते ।
मकवानपुर प्रहरीले करिब चार केजी लागूऔषध अफिमसहित हेटौँडा उपमहानगरपालिका ११ स्थित थानाभ¥याङका ठाकुर सिं मोक्तानलाई पक्राउ गरेको छ ।
हेटौँडा ११ थानाभ¥याङस्थित मोक्तानको घर कोठामा खानतलासी गर्दा निजले आफ्नो कोठाभित्र सुत्ने खाटमा लुकाई राखेको अवस्थामा तीन किलो ८६० ग्राम अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उक्त अफिमसहित मोक्तानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट चार दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

ताजा समाचार

Related Articles