कराते महासंघमा लामा चयन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ९ गते ।
नेपाल सितोरियो कराते महासंघ जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा दीपकबहादुर लामा चयन हुनुभएको छ । लामाको अध्यक्षतामा गठित २१ सदस्यीय नयाँ कार्य समितिको उपाध्यक्षमा रामलाल थोकर लामा, रोशन बलामी, रूपक लामा र दामोदर दाहाल चयन हुनुभएको छ ।
कराँते महासंघ मकवानपुरका उपाध्यक्ष भुवन खनालको सभाध्यक्षता तथा सितोरियो कराते महासंघका बागमती प्रदेश अध्यक्ष गगन लामाको प्रमुख आतिथ्यतामा भएको भेलाले नयाँ कार्य समिति चयन गरेको हो । यस्तै सचिब दिर्गबहादुर लामा र कोषाध्यक्ष सुमन रायमाझी रहनुभएको छ । भेलाले नेपाल सितोरियो कराते महासंघ बागमती प्रदेशका रोशन बलामी, दीपक लामा, दुर्गाबहादुर लामा, विष्णु श्रेष्ठ र प्रमिला तामाङ ठकुरी चयन गरेको छ ।

ताजा समाचार

Related Articles