नवजनजागृतीलाई हराउँदै संकटाले सेमिफाइनलमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २० गते ।
हेटौँडामा जारी राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिता–२०८२ मा सहज जित निकाल्दै संकटा क्लब सेमिफानलमा प्रवेश गरेको छ ।
हेटौँडा–६ स्थित गौरीटार रंगशालामा शनिबार भएको खेलमा सिमराको नवजनजागृती युवा क्लबलाई ६–१ गोलले हराउँदै संकटाले सेमिफाइनलको यात्रा तय गरेको हो ।
संकटालाई जित दिलाउन ममता पुन मगरले ५ गोल गर्नुभएको थियो । यो प्रतियोगितामा ह्याट्रिक गर्ने ममता पहिलो खेलाडी बन्नुभएको छ ।
संकटाका लागि अर्को गोल जेनिफर राना मगर गर्नुभएको थियो भने सिमराकी रोजिना लामाले खेलको ७९ औं मिनेटमा एक गोल फर्काउनुभएको थियो ।
संकटाकी ममता प्लेयर अफ दि म्याच घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा आइतबार नेपाल पुलिस क्लब र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको बिजेताले पाँच लाख र दोस्रो टोलीले तीन लाख रुपियाँ प्राप्त गर्नेछ ।

ताजा समाचार

Related Articles