नेकपा समाजवादीले बुझायो ज्ञापनपत्र

लोकप्रिय

हेटौँडा, वैशाख २३ गते ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले जिल्लामा विभिन्न स्थानीय तहहरुमा नेपाली जनतालाई सुशासन र रोजगारी सिर्जनासँगसँगै समाजवादतर्फ उन्मुख समाज निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
हेटौँडा उपमहानगरपालिका, मनहरी गाउँपालिकालगायतका स्थानीय तहमा मंगलबार सुझावसहित नेकपा (एकीकृत समाजवादी) ले ज्ञापनपत्र बुझाएको हो ।
नेकपा एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीले हेटौँडा अस्पताल जनताको अस्पताल बनाउनुपर्ने, फोहोर व्यवस्थापन, २५ मिटर सडक सिमाको, लागूऔषध सेवन नियन्त्रण ,युवा स्वरोजगर कार्यक्रम, एक व्यक्ति–एक अवसर–एक सिप, आर्थिक पारदर्शितालगायत २६ सुझाबसहितको ज्ञापनपत्र हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामालाई बुझाएको छ ।
साथै दिगो विकास र आम नागरिकको मुद्दालाई अपनत्व लिनसमेत ज्ञापनपत्रमा भनिएको छ ।
समाजवादीका केन्द्रीय कमिटी सल्लाहकार यादब गजुरेल, जिल्ला अध्यक्ष विष्णु दाहाल, सचिब धुूब भुजेललगायत ज्ञापनपत्र बुझाउन गएको थियो ।
नेपाली जनताले मुलुकको भविष्य खोजिरहेको बेला राजनीतिक दलहरू सत्ताको खेलमा सीमित हुँदै गएको भन्दै नयाँ संविधान जारी भएपछि कृषि र उद्योगको विकासलाई आधार बनाएर रोजगारी विस्तार गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जनताको पहुँच बढाउँदै भ्रष्टाचारमुक्त, पारदर्शी र सेवामुखी न्यायिक तथा प्रशासनिक व्यवस्थापनलाई राजनीतिको केन्द्रमा राखिनु पर्नेमा हुन नसकेको भनिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, १०÷१२ वर्षमा गरिबी, पछौटेपन, विभेद, अबिकाश र पराश्र्यको अपमानपूर्ण इतिहासलाई उल्टाउन र मर्यादापूर्ण जीवन बाँच्ने नेपालीको प्रयासलाई बाटो दिन सकिन्थ्यो। हामीले त्यसो गर्न सकेनौं, हामी चुक्यौयौँ ।
राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा साझा राजनीतिक आधार तयार गरी नेपाली समाज र नेपाली जनतालाई सुशासन र रोजगारी सिर्जना सँगसँगै अभिवृद्धि गर्दै समाजवादतर्फ उन्मुख हुन ज्ञापनपत्रमा माग गरिएको छ ।
यस्तै नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले मनहरी गाउँपालिकाको कार्यालयमा २१ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

ताजा समाचार

Related Articles