महिला गोल्डकपको उपाधिका लागि पुलिस क्लब र एपीएफ क्लब भिड्दै

लोकप्रिय

हेटौँडा, वैशाख २३ गते ।
हेटौँडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई वटा विभागीय टोली भिड्नेभएका छन् ।
नेपाल पुलिस क्लब र एपीएफ क्लब महिला गोल्डकपको उपाधिका लागि भिड्नेभएका हुन् ।
मंगलबार हेटौँडा उपमहानगरपालिका ६ स्थित गौरीटार रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लबलाई २–० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
एपीएफको लागि रश्मी घिसिङ र अनिता केसीले गोल गर्नुभएको थियो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएकी एपीएफकी रेनुका नगरकोटी प्लेयर अफ दि म्याच घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
यसअघि मंगलबारनै भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले चितवन फुटबल संघलाई ७–० गोल अन्तरले फाइनल प्रवेश गरेको थियो ।
पुलिसको जीतमा मीना देउवा र निर्मा उपाध्यायले तीन–तीन गोल तथा सुश्मा तामाङले एक गोल गर्नुभयो । देउवा प्लेयर अफ दि म्याच घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
उपाधिका लागि फाइनल खेल बिहीबार दिउँसो ३ बजे हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपियाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

ताजा समाचार

Related Articles