गाडी बेपत्तास्थलको अध्ययन गर्न आएको भूगर्भविदको टोली असुरक्षित भन्दै फर्कियो

लोकप्रिय

हेटौँडा, वैशाख २४ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँमा गत शुक्रबार जमिनमा भासिएर हराएको बलेरो गाडीको बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली आफू असुरक्षित भन्दै फर्किएको छ ।
गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना ४ च४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी अचानक चिप्लिन गई गत शुक्रबार दिउँसोबाट जमिनमा भासिएपछि बेपत्ताभएको हो । उक्त गाडीको अवस्थाका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टाली आफै असुरक्षित भन्दै फर्केका हुन् ।
दलदलमा भासिएर बेपत्ताभएको उक्त गाडी छैटौँ दिन हुँदासमेत फेला परेको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जमिनभित्रै हराएको गाडीको बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली बुधबार दिउँसो काठमाडौँ फर्किएको जनाएको छ ।
भूगर्भविद् नारायण अधिकारीसहितको टोलीले मंगलबारबाट बुधबार दिउँसोसम्म सो क्षेत्रको अवस्थालगायतको अध्ययन गरी आफूहरुनै असुरक्षित भएको भन्दै फर्किएको हो ।
भूगर्भविद् अधिकारीले गाडी भासिएको घटना स्थल क्षेत्रमा चुम्बकीय शक्तिभएको वस्तु प्रारम्भिक अध्ययनबाट देखिएको भन्दै उहाँले प्रारम्भिक अध्ययन भएको र अझै गाडी कति तल र कहाँ छ भन्ने यकिन नभईसकेको बताउनुभयो ।
गाडी कुन क्षेत्रमा छ भन्ने प्रारम्भिक रुपमा थाहा भयो उहाँले भन्नुभयो ।
उहाँले अब अहिले अध्ययन रोकिने बताउँदै भन्नुभयो हाम्रो सुरक्षाका लागि पनि अध्ययन रोकिन्छ । उहाँले अहिलेसम्म भएका अध्ययनको विश्लेषण गरेर अगाडि बढ्ने भन्दै यस क्षेत्रमा पानीका मूल तीन स्थानबाट आएको पाइएको बताउनुभयो ।
अध्ययन टोलीले प्रारम्भिक कार्य पूरा गरी काठमाडौँ पहिलो चरणको अध्ययनको विश्लेषणपछि दोस्रो चरणको कार्य हुने जनाइएको छ ।
गैरीगाउँबाट चुच्चेखोलातर्फ आउने भित्री कच्ची सडकखण्डमा सडक नजिकै माछापालनको लागि बोरिङ खनेको पानीसहितको खाल्डोमा बलेरो गाडी भासिएर दलदलमा बेपत्ताभएको अनुमान गरिएको छ ।
गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र स्थानीयले बोरिङ समेत गरेका कारण जमिन भासिन पुगेको जनाइएको छ ।

ताजा समाचार

Related Articles