चित्लाङ–थानकोट सडकमा शनिबारसम्म सवारी आवागमन पूर्ण रुपमा बन्द

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २५ गते ।
मकवानपुर हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको गणेशमान मार्ग मार्ग चित्लाङ–थानकोट सडक तीन दिनका लागि बन्द गरिएको छ ।
सडक डिभिजन काठमाडौँले सडक कालोपत्रेका क्रममा बिहीबारदेखि तीन दिनका लागि बन्द गरेको हो ।
सडक डिभिजन काठमाडौँले थानकोट–चित्लाङ सडकको पानीघाटदेखि चन्द्रागिरी भन्ज्याङ्ग खण्डमा कालोपत्रे गर्न बिहीबारबाट शनिबारसम्म तीन दिनसम्म पूर्ण रुपमा सवारी आवागमन बन्द गरिएको जनाएको छ ।
सडक डिभिजन काठमाडौँले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथलगायतका सरोकारवाला कार्यालयहरुलाई तीन दनको लागि उक्त सडक खण्डमा पूर्ण रुपमा सवारी आवागमन बन्द गरिएकोले वैकल्पिक व्यवस्था गरिदिन भन्दै पत्राचार गरेको छ ।

ताजा समाचार

Related Articles