मोबाइल व्यवसायी महासंघको साधारण सभा हेटौँडामा आजदेखि

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २६ गते ।
नेपाल मोबाइल व्यवसायी महासंघको चौथो केन्द्रीय साधारण सभा आज शुक्रबारबाट हेटौँडामा सुरुभएको छ ।
शनिबारसम्म चल्ने साधारण सभामा मोबाइल व्यवसायीका वर्तमान समस्याहरुको बारेमा छलफल गरिनेभएको छ ।
साधारण सभा तयारी समितिका संयोजक एवं केन्द्रीय उपाध्यक्ष छतेन्द्र आचार्यले साधारण सभामा विशेषगरी मोवाइल व्यवसायमा देखिएका कानुनी समस्या, समाधानको बाटो, मोवाइल व्यवसायका अवसर र चनौतीहरुलगायतका विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो साधारण सभामा व्यवसायीका समस्यासँगै उनीहरुको व्यावसायिक हकहितका विषयमा पनि छलफल गर्ने छौ ।
यस्तै साधारण सभामा मोवाइल व्यवसायमा सरकारको कर नीति, सिम कार्ड तथा मोबाइल खरिद बिक्रीमा पारदर्शिता, अवैध कारोबार रोकथाम, भन्सार र कर प्रशासनको विषयमा विशेष छलफल गरिने भएको छ । संयोजक आचार्यले मोबाइल व्यवसायलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक नीति र कार्यक्रम तय गर्ने योजना रहेको सुनाउनुभयो ।
साधारण सभामा देशभका ६० जिल्लाबाट करिब एक हजार मोबाइल व्यवसायीका प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ ।
महासंघका अध्यक्ष भरत भट्टराईले साधारण सभा व्यवसाय प्रवर्धन र प्रदर्शनी समेत हुने भन्दै ११ वटा मोबाइल तथा एसोसरिजहरुका स्टलहरुसमेत रहने बताउनुभयो ।
पहिलो दिन शुक्रबार मोवाइल व्यवसायका समस्याहरुका बारेमा छलफल हुने छ भने र साधारण सभाको उद्घाटन शनिबार गर्ने गरी कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles