चोरी भएको मोटरसाइकल र मोवाइल फेला पारी बुझाइयो

लोकप्रिय

हेटौँडा, वैशाख २६ गते ।
चोरी भएको मोटरसाइकल र मोवाइल फेला पारी मकवानपुर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ६ का राजेन्द्र खड्काको बा.प्र.०२–०५२ प ८९४२ नं. को मोटरसाइकल दुई महिनापछि फेला पारी मोटरसाइकल धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गत फागुन २६ गते बेलुका २०ः२४ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नं.२६ टाउन प्लानिङ स्थित सडकमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइलक चोरी भएको भएको थियो ।
उक्त मोटरसाइकल फेला पारी सवारीधनी खड्कालाई प्रहरी कार्यालयमा बोलाई शुक्रबार बुझाईएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
यस्तै चोरी भएको मोवाईल फेला पारी मोबाइल धनी नवराज अधिकारीसम्बन्धित धनीलाई बुझाईएको प्रहरीले जनाएको छ ।
यही वैशाख १५ गते बेलुका १७ः४५ बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ कमलडाँडाका अधिकारीले प्रयोग गर्ने आइफोन १५ प्रो म्याक्स मोवाईल शितल महलचोकमा रहेको निश्चल स्टेशनरी एण्ड स्पोर्ट हाउसभित्र काउन्टरमा राखिएको अवस्थामा चोरी भएको थियो ।
उक्त मोवाईल खोजतलासको क्रममा फेला पारी मोबाइल धनी अधिकारीलाई कार्यालयमा बोलाई बुझाइएको छ । साथै उक्त मोवाईल चोरीमा संलग्न रहेको अभियोगमा वीरगञ्ज महानगरपालिका १९ बस्ने वर्ष ३० को मनोज साह सुनारलाई नियन्त्रणमा लिई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles