खासकुरा संवाददाता
हेटौँडा, वैशाख २७ गते ।
हेटौँडामा शनिबारबाट तीनदिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएको छ । मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा भएको सो सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी नेपालमा पछिल्लो वर्षहरुमा विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दो क्रममा रहेको बताउनुभयो ।
विद्यार्थी नहुँदा क्याम्पसका कक्षाकोठा खाली हुने गरेको भन्दै उहाँले यो अवस्था आउनु चिन्ताजनक विषय भएको बताउनुभयो । उहाँले देशभरका सामुदायिक क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले सहयोग गर्दै बताउनुभयो ।
कार्यक्रममा युनिसेफका प्रतिनिधि ठाकुर ढकाल र हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले शिक्षा जागिरको उद्देश्यले मात्र नभएर नभई ज्ञान, सीप र दक्षता हासिल गर्नका लागि पनि हुनुपर्नेमा जोड दिनुभयो ।
“उच्च शिक्षामा दिगो विकास लक्ष्यको स्थानीयकरणः युवाको क्षमता अभिवृद्धि“ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा ६० भन्दा बढी संख्यामा अनुसन्धानमूलक अध्ययनको प्रस्तुती रहने क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिनुभयो ।
