हेटौँडा, जेठ ६ गते ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ स्थित हर्दामा वञ्जर जमिनमा सिँचाई सुविधा उपलब्ध भएसँगै स्थानीयमा खुशीयाली छाएको छ ।

कोदो र मकै खेती मात्र हुँदै आएको वञ्जर जग्गामा सिँचाई सुविधाको पहुँच पुगेसँगै स्थानीयमा खुशीयाली छाएको हो ।
स्थानीय सीतामाया लोप्चन वञ्जर जमिन छ, आकाशको पानीमा भर पर्नु पर्छ आकाशबाट पानी पर्दा केही अन्नबाली हुने र आकाशको पानीमा निर्भर हुँदै आएको बताउनुहुन्छ ।

जमिन देखी हाल्नुभयो, सिँचाई सुविधाको अभावमा समस्या थियो, आकाशको पानीमा भर पर्ने गरेका थियौ उहाँले भन्नुभयो, सिँचाइ सुविधाको अभावमा वर्षे एक बालीसम्म भित्रन्थ्यो, त्यसैमा भर पर्नुपर्ने अवस्था थियो ।
दुःखजिलो र ऋण गरेर लगाएको बाली आकाशे पानी नपर्दा सुकेर र डढेर जाने गरेको उहाँले सुनाउनुभयो ।
यस्तै हर्दा खहरे टोल वोरिङ सिँचाइ उपभोक्ता समितिका अध्यक्ष तोत्र बोलखेले चैत, वैशाखमा लगाएको मकै पानी नपर्दा जमरा लागिसकेपछि सुकेर र डढेर जाने गरेको बताउनुभयो ।

आकाशको पानीमा भर्नु पर्ने अवस्था थियो समितिका अध्यक्ष बोलखेले भन्नुभयो, सिँचाइ सुविधाको अभावमा हिउँदे बालीको कल्पना पनि गर्न सकिँदैन थियो, उर्वर भूमि हो तर पानीको अभावमा खाद्यान्न मात्र होइन घरयासी प्रयोगका लागि तरकारी समेत उब्जाउ गर्ने अवस्था थिएन ।

तर अब बागमती प्रदेश सरकार अन्तर्गतको भूमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, चितवनमार्फत हर्दा खहरे टोल वोरिङ सिँचाइ योजना निर्माण भएसँगै अब स्थानीयले तीन बाली भित्र्याउन सक्नेभएका छन् ।
स्थानीय उपभोक्ताको करिब तीन लाखसहित ३६ लाख ११ हजार ३९१ हजार रुपियाँको लागतमा हर्दा खहरे टोल वोरिङ सिँचाइ योजना निर्माण सम्पन्नभएको हो ।

सीतामायाले भन्नुभयो, अब सिँचाई सुविधा उपलब्ध भएसँगै स्थानीयको दैनिकीनै फरिनेभयो, कृषि र पशुपालनबाट आयआर्जन गर्ने बाटो पनि खुल्यो ।
नाम खहरे बस्ती भएपनि पानी हुँदा उर्वर भूमि हो भन्दै बोलखेले सिँचाई सुविधा उपलब्ध भएसँगै अब स्थानीयले खाद्यान्न बालीदेखि तरकारी र नगदे बालीबाट आम्दानी लिने दिन आएको बताउनुभयो ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सिँचाई सुविधा अभाव झेल्दै आएका स्थानीयलाई बोरिङ सिँचाईले राहत मिल्ने बताउनुभयो ।

उक्त योजनाबाट हाल १० बिगाहा क्षेत्रफल सिँचाइ हुने र थप पाँच बिगाहा क्षेत्रफललाई सिँचाई सुविधा पुग्ने भन्दै अब बाह्रै महिना सिँचाई सुविधा उपलब्ध हुने भएकोले तरकारीदेख खाद्यान्न बालीसम्म गर्न सकिने भएको छ ।
बकैया गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष मानबहादुर सिन्तानले सिँचाई सुविधा अभावमा लगाएको मकै खाने समयमा सुकेर र डढेर जाने गरेकोमा अब सिँचाई उपलब्ध भएसँगै स्थानीयले तरकारीलगायतका खाद्यान्न उत्पादन गरी आयआर्जन गर्न सहज हुने बताउनुभयो ।




