खासकुरा संवाददाता
हेटौँडा, जेठ ७ गते ।
प्रहरीले १६८ थान अवैध मोबाइल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले काठमाडौँ महानगरपालिका ३२ बालकुमारी स्थित सडक खण्डमा जाँचको क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विभिन्न कम्पनीका १६८ थान अवैध मोबाइलहरूसहित दुई २ जना मानिसहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले नियन्त्रणमा लिइएका माथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरी परिसरका सूचना अधिकारी अपील राज बोहराका अनुसार पक्राउ पर्नेमा नुवाकोट, विदुर नगरपालिका १३ घर भइ काठमाडौँ बाफल बस्ने वर्ष २४ को शंखर श्रेष्ठ र भक्तपुर नगरपालिका २ बस्ने वर्ष २३ को कुशल सिलपकार रहेका छन् ।




