खासकुरा संवाददाता
हेटौँडा, जेठ १५ गते ।
मकवानपुर भीमफेदी गाउँपालिका ८ भर्याङडाँडास्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो खसेर लोकपथ अबरुद्ध बनेको छ । 

बिहीबार बिहान ३ः३० बजेको समयमा भर्याङडाँडास्थित कान्तिलोक पथ सडक खण्डमा सडक माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो खसी बाटो पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरो हटाउनको लागी सडक विभागसँग समन्वय भईरहेको जनाइएको छ ।




