व्यूटिसियन तथा मेकअप तालिम सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १५ गते ।
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा सञ्चालन भएको एक महिने व्यूटिसियन तथा मेकअप तालिम बिहीबार सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको सहयोगमा हिमगंगा ग्रामीण विकास केन्द्रको आयोजनामा तालिम आयोजना भएकको हो ।

वडा नम्बर ९ का वडाध्यक्ष भूवन सिं घलानको अध्यक्षता भएको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान सीप दीगोपनाका लागि टिकाउ र बिकाउ हुनुपर्ने बताउँदै सिकेको सिपलाई प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले सीप सिकेर उद्यम बन्नुपर्नेमा जोड रहेको भन्दै बैकुण्ठमा होमस्टे तालिम पश्चात होमस्टे सञ्चालन सुरु भएको बताउनुभयो । आर्थिक वृद्धिका लागि पर्याप्त स्रोत छैन्, तैपनि प्रदेश र संघीय सरकारसँग तालिम सीपको लागि योजना माग गरेर भएपनि तालिमहरुको आयोजना गर्दै आइरहेको अध्यक्ष मुक्तानले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले व्यवसाय गर्न नसके पनि गाउँठाउँमा घरदैलो गरेर पनि सीपलाई आम्दानीमा जोडर अघि बढ्नुपर्ने बताउँदै तालिममा राज्यको लगानी परेकाले सिकेको सीपलाई भरपुर सदुपयोग गर्नुपर्ने जोड दिनुभयो ।

तालिमका सहभागी तारा थिङले सीप पश्चात पार्लर सञ्चालन गर्न सकिने बताउँदै व्यूटिसियन तालिम हामीले एडभान्स तालिम लिन सके अझै निखारिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सुमित्रा थिङ, कार्यक्रम संयोजक इन्दिरा न्यौपाने, ९ नम्बर वडा सचिव पूजा बल्लभ, महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख रमिला सापकोटा, तालिमका प्रशिक्षक माला श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । तालिममा १८ जना महिलाहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles