बिच्छीले टोकेर बालिकाको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १५ गते ।
मकवानपुरको बकैया गाउँपालिका ७ मैनाटारकी एक बालिकाको बिच्छीले टोकेर उपचारको क्रममा मृत्युभएको छ ।

बिच्छीले टोकेर गम्भीरभएकी स्थानीय आठ वर्षीया अस्मिता वाईवाको हेटौँडा अस्पतालमा बिहीबार राति उपचारको क्रममा मृत्युभएको हो ।

बुधबार साँझ आफ्नै घरमा नुहाएर कपडा लाउने क्रममा वाईबालाई बायाँतर्फको कम्मरको भागमा बिच्छीले टोकेकोमा बिहीबार दिउँसोबाट सास फेर्न समस्या भई उपचारको लागि साँझ हेटौँडा अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उहाँले गम्भीर अवस्थामा रहेकी ती बालिकाको उपचारको क्रममा बिहीबार राति २०ः४५ बजे डाक्टरले मृत घोषणा गरेको बताउनुभयो । बालिकाको शव हेटौँडा अस्पतालमा रहेको छ ।

ताजा समाचार

Related Articles