खासकुरा संवाददाता
हेटौँडा, जेठ १८ गते ।
विद्युत् लाइन गएको समयमा मकवानपुरको इन्द्रसरोवर गाउँपालका ४ चौतारा घर भएको एक वृद्धको भ¥याङबाट लडेर मृत्युभएको छ । 

विद्युत् लाइन गएपछि टर्च लाइट खोज्ने क्रममा पक्की घरको एक तल्लाको भ¥याङबाट लडेर गम्भीर घाइते हुनुभएका स्थानीय सूय बहादुर थिङको काठमाडौँमा उपचारको क्रममा मृत्युभएको हो ।

७० वर्षीय थिङ बिहीबार राति भ¥याङबाट लडेर भुईमा खसी घाईते भई उपचारको लागि काठमाडौँस्थित बयोधा हस्पिटल बल्खुमा उपचारको क्रममा शनिबार मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएकको छ ।




