काठमाडौँ, जेठ २० गते । सत बुँदे माग राखेर आन्दोलनमा उत्रिएको यातायात व्यवसायीले देशव्यापी हडताल फिर्ता लिएका छन् ।

सरकारले माग पुरा नगरेको भन्दै सार्वजनिक यातायात बचाउ अभियानका नाममा दुई दिनदेखि आन्दोलन जारी रहेको थियो ।

मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो।

गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ सेवा सञ्चालन तथा नियमन नियमावली २०८२’ एक महिनाका लागि कार्यान्वयन स्थगन गर्ने निर्णय गरेपछि सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् ।




