भीमफेदीका विद्यार्थीलाई विद्यालय झोला

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २५ गते । लायन्स क्लब अफ काठमाडौँको सहयोगमा मकवानपुरको भीमफेदीस्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय झोला प्रदान गरिएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ४ सम्मका १३१ विद्यार्थीलाई आइतबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय झोला वितरण गरिएको थियो ।

लायन्स क्लब काठमाडौँको “वन चाइल्ड वन ब्याग “कार्यक्रमका डिष्ट्रिक्ट प्रेसिडेन्ट सान्तवना देवकोटाको पहल तथा सञ्चारकर्मी सुरेन्द्र थीकेको समन्वयमा विद्यालय झोला वितरण गरिएको हो ।

यस्तै भीमफेदी गाउँपालिका वडा नं. ६ देउरालीस्थित बटुक भैरव प्राथमिक विद्यालयका ३५ बालबालिकालाई विद्यालय झोला वितरण गरिएको थियो । यसैगरी समाजसेवी गिन्दिरा श्रेष्ठले अग्रेजी माध्यमबाट सञ्चालित कक्षाको लागि पांँच थान सिलिङ्ग पंखा प्रदान गर्नुभएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष इश्वरमान श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लब अफ काठमाडौँका “वन चाइल्ड वन ब्याग“ डिष्ट्रिक्ट प्रेसिडेन्ट सान्तवना देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार लामाले सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles