हेटौँडामा करेन्ट लागेर एकै परिवारका तीन जना घाईते, एकको अवस्था गम्भीर

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार १७ गते । हेटौँडा उपमहागरपालिका ७ नागसोतीस्थित शान्तिटोलमा मंगलबार साँझ हिडिरहेको अवस्थामा करेण्ट लागेर तीन जना घाइते भएका छन् ।

शान्तिटोलमा विद्युतको कर्मचारीले बिजुलीको पोलमा काम गर्दै गर्दा विद्युतको तार अचानक भुईँमा खस्न गई हिडिरहेको अवस्थामा करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते हुनेमा हेटौँडा ७ का ४६ वर्षीय सन्चयकुमार पुडासैनी, निजको श्रीमति ४४ वर्षीया लक्ष्मी पुडासैनी र निजको नातिनी एक वर्षीया श्रीयाना पुडासैनी रहेका छन् ।

करेण्ट लागेर घाइते हुनुभएका सन्चयकुमारको अवस्था गम्भीर र हजुरआमा र नातिनीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारको नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ ।
प्रहरीका अनुसार करेण्ट लागेर सन्चय कुमारको दुवै गोडा जलेको, लक्ष्मीको दुवै गोडा, हात जलेको र नातिनी श्रीयानाको दुवै गोडा र हात जलेको छ ।

 

ताजा समाचार

Related Articles