कैलाशमा तालिमपछि मर्मत उपकरण हस्तान्तरण

लोकप्रिय

हेटौँडा, असार १८ गते । मकवानपुरको कैलाश गाउँपालिकाले सीपमूलक तालिम प्रदान गरी सहभागीहरुको आयअर्जनमा सहयोग गर्न मर्मत उपकरण हस्तान्तरण गरेको छ ।

गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)को १० दिने एडभान्स हाते ट्याक्टर मर्मत तालिमपछि वडा नं. ८ को तालिममा सहभागी समूहलाई कैलाशको भार्तामा आयोजित कार्यक्रममा मर्मत गर्ने उपकरण हस्तान्तरण गरिएको हो ।

तालिममा सहभागी १६ जनालाई ट्याक्टर मर्मत गर्ने टुल्स व्याग प्रदान गरिएको गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले जानकारी दिनुभयो । एक लाख ६० हजार रुपियाँ बराबरको टुल्सहरु सहभागीहरुलाई प्रदान गरिएको छ ।

वडा नम्बर ८ का वडाध्यक्ष आशिष प्रजाले तालिमपछि अब बिग्रेका हाते ट्याक्टर आफै मर्मत गर्न सक्ने भएको भन्दै आयआर्जन वृद्धिमा सहयोग गर्न तालिम र मर्मत गर्ने सामाग्रीहरु प्रदान गरिएको बताउनुभयो ।

ताजा समाचार

Related Articles