राप्रपाद्वारा बागमती प्रदेशसभा बैठक बहिष्कार

लोकप्रिय

हेटौँडा, असार १९ गते। बागमती प्रदेशसभाको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिष्कार गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले आर्थिक वर्ष २०८२/८३ को बजेट असन्तुलित भएको भन्दै प्रदेश सभाको बिहीबारको बैठक बहिष्कार गरेको हो।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभा बैठकको सुरुमा नै आफूले बजेटका बारेमा राखेका विषय सम्बोधन नभएको भन्दै बजेटमा त्रुटि रहेको बताउनुभयो।

बजेटमा अनियमितता छ, समावेशी र समानुपातिक छैन नेता थापाले भन्नुभयो, ‘सरकारले सच्च्याउन केही समय माग गरेको छ, आजको बैठक हामी बहिष्कार गर्छौ।’ उहाँले बजेटप्रति अहसहमति रहेको बताउनुभयो।

यसअघि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक सुरु गरे लगत्तै राप्रपा संसदीय दलका नेता थापाले उठेर बोल्ने समय माग गर्नुभएको थियो। दलका नेता थापाले आफ्नो भनाइ राखेपछि राप्रपाका प्रदेश सभा सदस्यहरु सभा कक्षबाट बाहिरिनुभएको थियो। आगामी आवको बजेटमाथि छलफल गर्ने गरी बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक साँझ ६ बजेभन्दा ढिला गरी सुरु भएको थियो।

ताजा समाचार

Related Articles