हेटौँडा, असार २१ गते ।
रोटरी क्लब अफ हेटौँडा र रोट्याक्ट क्लब अफ हेटौँडाको वर्ष २०२५–२६ कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिको संयुक्त पदस्थापना कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ ।
रोटरी क्लब अफ हेटौँडाको ३४ औँ र रोट्याक्ट क्लब अफ हेटौँडाको १० औँ पदस्थापना तथा सपथ ग्रहणसँगै क्लबको स्मारिका विमोचन र उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा रोटरी ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी (डिजीएन) डा. ईश्वरी प्रसाद ढकालले रोटरीमा सदस्य संख्या घटेकोप्रति चिन्ता व्यक्त गर्दै महिला सदस्य वृद्धिमा जोड दिनुभयो । उहाँले रोटरीले सदस्य संख्या वृद्धिका लागि समुदायमा प्रभावकारी कार्यक्रमसँगै दीगो विकासका काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम रोटरी क्लब अफ हेटौँडाका वर्ष २०२५–२६ का अध्यक्ष प्रमेश प्रधानलाई चार्टर प्रमाणपत्र, पिन, कोलार र ज्यावल हस्तान्तरण गरिएको थियो । प्रमेश प्रधानको अध्यक्षतामा अर्पण सञ्जेल उपाध्यक्ष, रामबहादुर थापा सचिव, सुदर्शन ढकाल कोषाध्यक्षलगायत रहेको २२ सदस्यीय रोटरी क्लब अफ हेटौँडाको को बोर्ड बनेको छ । साथै, स्वागतराज प्याकुरेल, धिरजकुमार कार्की, उज्वल शर्मा भण्डारी, बासु न्यौपाने, सरोज देवकोटा, रोशन सेन गुप्ता, दिपेश जोशी, श्याम मुडभरी, गोमा कुमारी बराल, सुवाशराज पराजुली, उमाप्रसाद रौनियार, प्रदीप सुवेदी, राजन न्यौपाने, विकास श्रेष्ठ र दीपक अधिकारी क्लबमा विभिन्न जिम्मेवारी पाउनुभएको छ ।
क्लबको भोकेस्नल एक्सिलेन्सी अवार्डको अक्षय कोषका लागि रुद्रकुमारी वैद्यले प्रदान गर्नुभएको पाँच लाखसहित ११ लाख रुपियाँ पु¥याइएको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश ढकालले संस्थाको वर्ष २०२४–२५ को गतिविधिहरुको प्रतिवेदन प्रस्तुत र उपाध्यक्ष अर्पण सञ्जेलले स्वागत गर्नुभएको थियो । अध्यक्ष प्रमेश प्रधानले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षालगायतका क्षेत्र गरिने कार्यक्रम र योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा मकवानपुर जिल्लामा एसईईमा सामुदायिक विद्यालयबाट चार जिपिएए ल्याउन सफल विद्यार्थी अस्मिता घिमिरेलाई नगदसहित सम्मान गरिएको थियो ।
साथै, कार्यक्रममा रोट्रयाक्ट क्लब अफ हेटौँडाका वर्ष २०२५–२६ अध्यक्ष केशर श्रेष्ठसहित बोर्ड समितिका पदाधिकारीहरुको पदस्थापन गरिएको थियो । रोट्रयाक्ट क्लब अफ हेटौँडाकी वर्ष २०२४–२५ की अध्यक्ष सुमित्रा लामाले आफ्नो कार्यकालमा गरेको गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ रिजन ६ र जोन ३५ का असिस्टेन्ट गभर्नर(एजी) हरिकुमार श्रेष्ठ, जोन ३४ का एजी धनबहादुर श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।




