रसुवा बाढीमा परेर १८ जना बेपत्ता

लोकप्रिय

नुवाकोट, असार २४ गते । नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको बाढीको कारण नेपाल-चीन जोड्ने मितेरी पुल बगाउँदा त्यहाँ १८ जना हराइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

हराउनेमा तीनजना नेपाल प्रहरी, तीनजना सवारी चालक, ६ जना नेपाली कामदार र ६ जना चिनियाँ नागरिक रहेको रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताएका छन्।

“अहिले उक्त पुलसम्म पुग्ने सडकहरू पनि बगाएका कारण मानिसहरू अलपत्र परेका छन्,” रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बीबीसीसँग भने।

बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेको मालवाहक कन्टेनरहरू र गाडीहरू समेत बगाएकाे पौडेलले जानकारी दिएका छन्।

रुसुवाको स्याफ्रुबेसीदेखि रसुवागढी नाकासम्मको बाटो समेत बन्द भएको अधिकारीहरूले बताएका छन्।                                                   – बिबिसी नेपाली सेवा

ताजा समाचार

Related Articles