हेटौँडा, असार २४ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले रसुवालगायतका बाढी प्रभावित जिल्लाका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
भोटेकोशी नदीमा मंगलबार आएको बाढीले क्षति पुगेको रसुवा र नुवाकोटको विभिन्न स्थानमा निरीक्षणका लागि पुग्नुभएका मुख्यमन्त्री लामाले यस्तो बताउनुभएको हो ।
बाढीले क्षति पु¥याएको नुवाकोटको विदुर नगरपालिका, किस्पाङ गाउँपालिका र रसुवाको उत्तरगया गाउँपालिकाको निरीक्षण अवलोकन एंव क्षतिको बारेमा जानकारी मुख्यमन्त्री लामाले लिनुभएको थियो ।
उहाँले दुईवटै जिल्लाका प्रहरी तथा प्रशासनसँग निरन्तर समन्वय गरिरहेको भन्दै घटनामा घाइतेभएकाहरुको उद्धार, उपचार, राहत तथा बेपत्ता भएकाहरुको खोजी कार्यको भईरहेको बताउनुभयो ।
उहाँले नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा फसेका स्थानीय पाल्देन तामाङ र उहाँको श्रीमती मङ्गली तामाङ दम्पत्तिको उद्धारका लागि गृहमन्त्रीलाई भेटेर नेपाली सेनाको हेलिकप्टर पठाउन आग्रह गरे पश्चात् उद्धार गरिएको बताउनुभयो ।
यस्तै उद्धार पश्चात् उपचाररत उहाँहरुको त्रिशूली अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाको बारेमा मुख्यमन्त्री लामा, विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठलगायतले जानकारी लिनुभएको थियो ।
निरीक्षणका क्रममा जोखिम देखिएका स्थानबाट स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न भनिएको मुख्यमन्त्री लामाको सचिवालयलगाएको छ ।
यसैबीच बागमती प्रदेश सभा सदस्य प्रभात तामाङले नेपाल–चीन सिमावर्ती रसुवागढी क्षेत्रमा तिब्बतको ल्हेन्दे खोलामा आएको भीषण बाढीले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
रसुवागढी क्षेत्रमा यातायातको सबै सडकहरु अवरुद्ध भएपछि स्थलगत अवलोकन,उद्धार तथा सहजीकरणको लागि हेलिकोप्टर मार्फत रसुवा पुग्नुभएका प्रदेश सभा सदस्य तामाङले विपतको खतरा अझै पनि रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।
बाढीले रसुवागढी र तटीय क्षेत्र आसपासमा ठुलो धनजनको क्षति भएको भन्दै मितेरी पुल बगाएको, दर्जनौं सवारी साधनहरु बगाएको र कयौँ सम्पर्कविहीन रहेको उहाँले बताउनुभयो ।
उहाँले उद्धार र राहतका लागि स्थानीय सुरक्षा निकाय र प्रशासनसँग गरिरहेको बताउनुभयो ।




