बागमती गाउँपालिकाको चालु आवको खर्च ८६ प्रतिशत

लोकप्रिय

हेटौँडा, असार २९ गते ।
मकवानपुरको बागमती गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१।०८२ का लागि विनियोजित बजेटको ८६ प्रतिशतभन्दा बढी खर्च गरेको छ । चालु आवका लागि विनियोजित बजेट ७१ करोड ६८ लाख ८५ हजार पाँच सय रुपियाँमा असार २५ गतेसम्ममा ८६.१५ प्रतिशत अर्थात् ६१ करोड ७६ लाख २१ हजार ८०५ खर्च गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

चालु आवका लागि चालु तर्फ ४२ करोड २२ लाख ८३ हजार विनियोजन भएकोमा ८६.८६ प्रतिशत अर्थात् ३६ करोड ६७ लाख ७६ हजार २५२ र पुँजीगत तर्फ विनियोजित २९ करोड ४६ लाख २ हजार पाँच सयमा ८५.१५ प्रतिशत अर्थात् २५ करोड आठ लाख ४५ हजार ५५२ रुपियाँ खर्चभएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले चालु आवका लागि स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयानार्थ फरफारख हुन पेश गरिएका एवं भएका योजना तथा कार्यक्रमहरुको गाउँपालिकामा प्राप्त आयको आधारमा खर्च, भुक्तानी तथा लेखाङ्कन सम्बन्धी कार्यसम्पन्न गरी भुक्तानी गरिएको जानकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्ष २०८१।०८२ मा सङ्घीय तथा प्रदेश सरकारबाट निकासा हुन पर्ने सबै बजेट निकासा नभएको र आन्तरिक स्रोत प्रस्ताव गरिए अनुसार प्राप्त हुन नसकेको बताउनुभयो ।
चालु आवमा गाउँपालिकालाई सङ्घीय तथा प्रदेश सरकारबाट अनुदान एवं आन्तरिक स्रोतबाट गरी ६४ करोड ६० लाख २६ हजार ५८४ रुपियाँ प्राप्त भएको छ । प्राप्त खर्चको प्रगति विगतका आवको तुलनामा उल्लेख्य रहेको भन्दै उहाँले आगामी आवमा विनियोजित बजेटको मितव्ययी, पारदर्शी, नतिजान्मुख एवं गुणस्तरीय कार्यान्वयनलाई निरन्तरता दिने बताउनुभयो । No photo description available.

ताजा समाचार

Related Articles