भानु जन्मजयन्तीमा कविता प्रतियोगिता

लोकप्रिय

हेटौँडा, असार ३१ गते । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा जिल्लास्तरीय माध्यमिक तहको कविता प्रतियोगिता सम्पन्न भएको छ ।
साहित्य सङ्गम मकवानपुरको आयोजना तथा जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को व्यवस्थापनमा भएको कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण, भानुभक्त आचार्य बारे परिचर्चा, प्रतियोगितात्मक रचनावाचन र साहित्य सर्जकहरूका रचनावाचन गरिएको थियो ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता, भानुभक्त प्रतिष्ठान बागमती प्रदेशका संयोजक हयग्रिव आचार्यको प्रमुख आतिथ्यता तथा हेटौँडा उपमहानगरपालिका १६ नम्बर वडाका वडाध्यक्ष रामकृष्ण कोइरालाको विशिष्ट आतिथ्यमा भएको सो कार्यक्रममा १३ जना कविले कविता वाचन गर्नुभएको थियो ।
प्रतियोगितामा रोज कार्की (हेटौँडा एकेडेमी) प्रथम,आशिका न्यौपाने (बालजागृति इङ्लिश सेकेण्डरी स्कुल)
द्वितीय, रोशिका भट्टराई (अमर मावि) तृतीय र इन्दिरा विश्वकर्मा (गोरक्षनाथ मावि) ले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।

कार्यक्रममा निर्णायकद्वय घनश्याम घिमिरे र देवीराम लामा, परिचर्चाकार सुनिल गौतमलगायतलाई सम्मान गरिएको थियो ।
जनप्रिय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटी, प्रधानाध्यापक भूपेन्द्र चौलागाईं, विव्यस सदस्यहरू, मूर्तिकार ओम भक्त भण्डारी, साहित्यकारहरू माधव पोखरेल, विश्वनाथ सञ्जेल, सञ्जित श्रेष्ठ, राजकुमार लामिछाने, सुबास सजल, राजुराम राउतलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सदस्य संप्रस पौडेलले स्वागत तथा सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles