खासकुरा संवाददाता
हेटौँडा, असार ३२ गते । मकवानपुरको कैलाशमा चाउचाउ पकाउन तताएको पानीले पोल्दा एक बालक घाइतेभएका छन् । मकवानपुरको कैलाश गाउँपालिका ३ कालिकाटार १९ महिनाका बालक सुमन गलान चाउचाउ पकाउन तताएको पानीले पोलेर घाइते भएका हुन् ।

आफ्नै घरमा सोमबार चाउचाउ पकाउनका लागी कराईमा उमाली राखेकोमा पानीमा खेल्दै जाने क्रममा हात डुबाउन जाँदा घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । घाइते बालकको च्यापु र पेटमा पोलेको र अवस्था मध्यम रहेको प्रहरीको भनाई छ । घाइते बालकलाई उपचारका लागि कान्तिबाल अस्पताल महाराजगंज काठमाडौँ पठाइएको छ ।




