खासकुरा संवाददाता
हेटौँडा, असार ३२ गते । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं.६ मा खाना खानेक्रममा अड्किन जाँदा एक वृद्धको मृत्युभएको छ । रसुवा आमाछोदिङ्मो गाउँपालिका वडा २ नेसिङका गोम्बो तामाङ खाना खाने क्रममा खाना अड्किन गई मंगलबार मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

हाल गोसाइकुण्ड गाउँपालिका वडा नं.६ शिव मन्दिरस्थित निजकै ज्वाइको घरमा डेरा गरी बस्ने वर्ष ७० का तामाङ खाना खाने क्रममा खाना अड्किन जाँदा गारो भएपछि उपचारको लागी रसुवा अस्पताल धुन्चे रसुवा लगिएकोमा मंगलबार बिहान ११ः०० बजे डक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मृतक शवको मुचुल्कालगायत शव परीक्षणपछि शव निजको छोरा छेसिङ तामाङले बुझेर लगेका छन् ।




