पशुपतिनाथ माविको अभिभावक भेला सम्पन्न

लोकप्रिय

हेटौँडा, असार ६ गते । मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविको ५१ औँ वार्षिक अभिभावक भेला शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुखआतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलाले इन्द्रबहादुर विष्टलाई विद्यालय ब्यवस्थापन समिति अध्यक्षमा चयन गरेको छ । समितिमा रीमा प्रजा, सीताकुमारी ग्याबा, मुकुन्दप्रसाद सुबेदी, सदस्यमा चयन भएको गाउँशिक्षा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । यसअघि भेलामा गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदी, वडाअध्यक्ष प्रकाश थापा, विद्यालयका शिक्षक प्रशान्त यादव, विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष चन्द्रबहादुर न्यौपाने, शिक्षक अभिभावक संघका संयोजक बालमुकुन्द ढकाललगायतले बोल्नुभएको थियो ।
विद्यालयका पूर्वप्रधानाध्यापक तीर्थराज पराजुलीले आफ्नो मातापिताको स्मृतिमा स्थापना गरेको कोषबाट माध्यमिक शिक्षा परीक्षा २०८२ मा विद्यालयबाट उत्कृष्ट अंक ल्याउने छात्रा गुराँस वाइबा र छात्र रितिक विष्टलाई जनही नगद ११ हजार पाँच सय रुपियाँ राशीसहित सम्मानपत्र प्रदान गरिएको थियो । सेवानिवृत्त पराजुलीले २०७८ सालदेखि सो विद्यालयबाट एसइईमा उत्कृट अंक प्राप्त गर्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति उपलब्ध गराउँदै आउनुभएको छ ।
२०३२ सालमा कक्षा १–३ को अनुमति प्राप्त विद्यालय २०५४ सालमा निमावि तह संचालनमा आएको थियो । २०६५ सालदेखि मावि तह संचालन सुरुवात गरेको यो विद्यालयले गत मंसिरमा स्वर्ण महोत्सव मनाएको थियो । २०६५ देखि २०८१ माघसम्म प्रधानाध्यापकको भूमिका निर्वाह गर्नुभएका शिक्षक भानुभक्त आचार्यसहित शिक्षक, शिक्षिका, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति सदस्यहरुलाई भेलामा सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles