हेटौँडा, असार ६ गते । कवि पुरुषोत्तम आचार्यको साङ्गीतिक एकल कविता वाचन हेटौँडामा सम्पन्न भएको छ । नेपाली भाषा शिक्षक समिति मकवानपुरले अक्षय कोष सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको नेपाली भाषा शिक्षक समितिका अध्यक्ष ज्योति न्यौपानेले जानकारी दिनुभयो । कविता वाचन कार्यक्रममा कवि आचार्यले हर्नामाडी शीर्षकको कविता वाचन शुरु गर्नुभएको थियो । गजलसहित वृद्धा अवस्था, खतरनाक मान्छेहरु, मानसिङ विश्वकर्माको घोषणा, तिम्रो नाममा, वर्षा, चरा, बाँसुरी, तुफान हुरी चल्दछ, आव्हान बोलका कविता वाचन गर्नुभएको थियो । वाद्ययवाधनमा पूर्णविक्रम अधिकारी, प्रलय चौलागाईं र किशोर श्रेष्ठले साथ दिनुभएको थियो । कवि आचार्यले कार्यक्रमबाट प्राप्त रकम नेपाली भाषा शिक्षक अक्षयकोषको लागि हस्तान्तरण गर्नुभयो । ज्योति न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यकार आर.सी रिजाल , डाक्टर निमेष निखिल, रमेश मोहन अधिकारीलगायत साहित्यकारहरुको उपस्तिथि रहेको थियो ।




