चालु आवमा दुई हजारभन्दा बढी कर्मचारी अनिवार्य अवकाशमा जाँदै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३ गते । चालु आर्थिक वर्ष २०८२/०८३ मा दुई हजारभन्दा बढी निजामती कर्मचारीको अनिवार्य अवकाश हुनेभएको छ । निजामती सेवाको सचिव, सह–सचिव, उपसचिवलगायतका विभिन्न तहका गरी दुई हजार २११ जना कर्मचारीले अनिवार्य भएका हुन् ।

राष्ट्रिय किताबखाना (निजामती) ले चालु आवमा अनिवार्य अवकाश हुने अनुमानित कर्मचारीको विवरण सार्वजनिक गरेको हो । उमेर वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएका हुन् ।
किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उक्त विभागको कर्मचारी वैयक्तिक सूचना प्रणालीमा रहेको अभिलेख अनुसार अनिवार्य अवकाश हुने अनुमानित कर्मचारीको विवरण सार्वजनिक गरिएको उल्लेख छ ।

साथै सूचनामा अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा छ महिना अगावै फाराम भरी आफू कार्यरत रहेको कार्यालयमार्फत राष्ट्रिय किताबखाना (निजामती)मा अनिवार्य रुपमा पठाउनु भनिएको छ ।

ताजा समाचार

Related Articles