लोडर दुर्घटना हुँदा चालक घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ५ गते । मकवानपुर इन्द्रसरोवर गाउँपालिका ३ ज्यामिरे स्थित सिस्नेरी काठमाडौँ सडक खण्डमा लोडर दुर्घटना हुँदा लोडरका चालक घाइते हुनुभएको छ । इन्द्रसरोवर गाउँपालिकाको खानीखेतबाट फाष्टट्रयाकतर्फ जाँदै गरेको बा.प्र.०३–००४ क ४४६३ नं.को ह्विल लोडर गाडी सोमबार दिउँसो ब्रेक फेल भई दुर्घटना हुँदा लोडर चालक महोत्तरी टुटेश्वर नगरपालिका ५ बर्दिबासका अशोक कुमार महत घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लोडर सडकको बायाँ भित्तामा ठोक्किन गई सडकबाट करिब ८० मिटर तल खसी दुर्घटना हुँदा लोडरमा दुई जना सवारमध्ये एक जना हामफाली सकुशल रहेका थिए । लोडर चालक ३१ वर्षीय महत निधार र पेटमा चोट लागेर घाईते भएको र घाइतेलाई उद्वार गरी उपचारको लागि ट्रमा सेन्टर अस्पताल काठमाडौँ पठाइएको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles