संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने काँग्रेस पूर्वपदाधिकारीको निष्कर्ष

लोकप्रिय

काठमाडौँ, साउन ५ गते । सरकार र पार्टी संचालनका विषयमा यतिखेर सत्तारुढ दलहरु नेपाली काँग्रेस र एमाले आन्तरिक छलफलमा व्यस्त छन । पार्टीभित्रका फरक मत राख्नेहरुको अलग समुहले दुबै दललाई कुनै न रुपमा दवाव श्रृजना गरेका छन । इतर पक्षले संस्थापन पक्षलाई दवाव बढाइरहँदा संस्थापन पक्षका नेताहरु पनि एकीकृत रुपमा छलफलमा जुटेका छन ।

यसैक्रममा नेपाली काँग्रेसका नेता शेखर कोइरालाले काँग्रेस-एमाले गठबन्धन सरकारका कामकारवाही अपेक्षाकृत हुन नसेकेको  सार्वजनिक अभिव्यक्ति दिहिरहँदा काँग्रेसकै पदाधिकारी तथा पूर्व पदाधिकारीहरुले वर्तमान सत्ता समीकरणलाई  २०८४ को निर्वाचनसम्म कायम राखेर अघि बढाउनु पर्ने धारणा सार्वजनिक गरेका छन् ।

काँग्रेस पूर्व उपसभापति एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सीबारीमा भएको बैठकमा काँग्रेस-एमाले गठबन्धनलाई २०८४ सम्म कायम राख्नुपर्ने र  यस बीचमा दुई दलबीच भएको संविधान संशोधनको सहमति कार्यान्यन गर्नुपर्ने निश्कर्ष निकालेका हुन ।

”बैठकबाट दुई दल बीच सरकार गठनको सहकार्य हुँदा निर्माण भएको संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका छौँ। कांग्रेस एमालेबिचको सात बुँदे सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भनिएको थियो । त्यो सुरु हुन सकेको छैन । अब संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।”  बैठकपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संंचारकर्मीलाई भन्नुभयो ।

बैठकमा पूर्व पदाधिकारीहरु सिंहसहित विमलेन्द्र निधी, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला र डा.शशांक कोइराला तथा प्रवक्ता डा प्रकाशशरण महत सहभागी हुनुहुन्थ्यो ।

ताजा समाचार

Related Articles