हेटौँडा, साउन ८ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिमखोलामा बेलिब्रिज जडान कार्यलाई तीव्रता दिइएको छ। गत वर्ष असोजमा आएको अधिक वर्षा कारण इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलाको पुल क्षतिग्रस्त बनेको थियो।
सिमखोलामा बेलिब्रिज जडान गरी साउनभित्रै सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले जनाएको छ । हाल सवारीसाधन सञ्चालनका लागि सिमखोलामा डाइभर्सन बनाइएको छ ।
भैंसे–भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर र मान्डु खोलामा रहेको ५० मिटर लामो बेलिब्रिज प्रयोग गरिनेभएको छ । ती दुबै स्थानमा पक्की पुल निर्माण भइसकेको छ ।