हेटौँडा, साउन ८ गते । बागमती प्रदेश सरकारलाई बाँडफाँटबाट प्राप्त हुने राजस्वमा वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आव २०८१/०८२ मा बाँडफाँटबाट प्राप्त हुने राजस्वमा वृद्धि भएको हो ।
बाँडफाँटबाट गत आवमा २९ अर्ब ५५ करोड ८९ लाख राजस्व प्राप्त हुने अनुमान गरिएकोमा ८३ प्रतिशत अर्थात् २४ अर्ब ५३ करोड ४० लाख ३० हजार रुपियाँ राजस्व प्राप्त भएको छ ।

अघिल्लो आवमा २६ अर्ब ६८ करोड ६८ लाख ४० हजार प्राप्त हुने अनुमान गरिएकोमा ८१.८५ प्रतिशत अर्थात् २१ अर्ब ८४ करोड २२ लाख रुपियाँ प्राप्तभएको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

घरजग्गा रजिष्ट्रेशन, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क, सवारी साधन कर, मनारञ्जन कर, विज्ञापन कर, वन रोयल्टी, खानी, विद्युत्, दहत्तर बहत्तरको बिक्रीबाट हुने आय र पर्वतारोहण वापतको रोयल्टी बाँडफाँटबाट प्रदेश सरकारलाई राजस्व प्राप्त हुने गरेको छ ।




