काठमाडौँ, साउन १२ गते । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएका तत्कालीन अध्यक्ष दिगम्बर झालाई ३ लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

विशेष अदालतमा हाजिर भएर बयान दिएपछि भएको थुनछेक बहसपछि अदालतले धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतको वभेसाइटमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा झाविरुद्ध गत जेठमा विशेष अदालतमा मुद्दा दायर गरेकोको थियो ।




