कोकिनसहित चार जना विदेशी नागरिक पक्राउ

लोकप्रिय

काठमाडौँ, साउन १६ गते । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौँको प्रहरी टोली लागूऔषध कोकिनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित एक होटेलबाट अवैध लागूऔषध कोकिन एक किलो ५७४ ग्राम कोकिनसहित भारतीय नागरिक ३५ वर्षीया रुविना अब्दुल्लाह शैख (RUBINA ABDULLAH SHAIKH )लाई प्रहरीले पक्राउ गरेको हो । साथै उक्त लागूऔषध लिन आएका भारतीय नागरिक ३३ वर्षीय अरुण प्रतापलाई समेत सोही होटेलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिहरुको शंकास्पद गतिविधि पहिचान गरी निग्रानी गर्नेक्रममा होटल प्रवेश गरेकी ती महिलालाई प्रहरीले कोकिनससहित पक्राउ गरेको थियो ।

यसैगरी काठमाडौँ, नागार्जुन नगरपालिका–३ इचँगुनारायणबाट अवैध लागूऔषध कोकिन ३२ ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इरिट्रियन (ERITREAN )नागरिक ३७ वर्षीय युसोयु एटम (YUSOUF ATOM)र रसियन नागरिक ४४ वर्षीय एन्ड्रेइ मलिशेभ (ANDREI MALYSHEV )रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त कोकिन सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

ताजा समाचार

Related Articles