खासकुरा संवाददाता
हेटौँडा, साउन १६ गते । काठमाडौँ जिल्लाको कीर्तिपुरबाट चोरी गरिएका मोटरसाईकल उत्तरी मकवानपुरको विभिन्न स्थानमा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले थाहा नगरपालिका वडा नं. ७ र कैशाल गाउँपालिका वडा नं. ५ गोलढुङ्गास्थित सडक खण्ड जंगल भिर पाखोमा लुकाई बेवारिसे अवस्थामा रहेको तीन वटा मोटरसाइकल फेला परेका हो ।
फेला परेका दुई पाङ्गे सवारी साधनहरु सम्बन्धित धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय, पालुङले जनाएको छ ।
गत माघ १४ गते काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिका २ स्थित डेराकोठाबाट हराएको प्लेट नं. बा.५३.प ७२७८ (बास्तबिक नम्बर लु.६१.प ७२७८) को मोटरसाईकल सवारी धनी कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका ३ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका वडा नं. २ डेराकोठा गरी बस्ने वर्ष २४ का अनिल भट्टराईलाई बुझाइएको छ ।
कीर्तिपुर नगरपालिका ७ स्थित डेराकोठाबाट हराएकोमा फेला पारी सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका ३ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका वडा नं. ७ डेराकोठा गरी बस्ने वर्ष २१ का विवेक रेग्मीको बा.प्र.०२.०४९ प ९७७६ नम्बरको मोटरसाइकल जेठ १६ गते हराएकोमा फेला पारी बुझाएको प्रहरीले जनाएको छ ।
यस्तै फेला पर्दाको अवस्थामा रहेको नं. प्र ३–०३–००७ प २०६८ (वास्तविक नं. बा.प्र.०२.०२० प ३४०९) को मोटरसाइकल गत वैशाख ११ गते चोरी भएकोमा फेला पारी सवारी धनी कीर्तिपुर नगरपालिका वडा नं. ८ का वर्ष २७ का अतुल महर्जनलाई बुझाइएको प्रहरीको भनाई छ ।




