बागमती प्रदेशका मुख्यमन्त्री र बिना विभागीय मन्त्रीसहित आठ मन्त्रीले लिए सपथ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २० गते । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र बिना विभागीय मन्त्रीसहित आठ मन्त्रीले लिए सपथ लिएका छन् ।
बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालय पसिरमा आयोजित कार्यक्रममा बानियाँलाई सपथ ग्रहण गराउनुभएको हो ।
मुख्यमन्त्री बानियाँले सपथसँगै एक जान बिना विभागीयसहित नौ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १४ वटा मन्त्रालय रहेको यस प्रदेशमा एमालेको भागमा छ वटा मन्त्रालय परेको छ ।
मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख देवकोटाले नेपाली कांग्रेसबाट विनाविभागीयसहित दुई र नेकपा (एमाले) बाट छ जना मन्त्री नियुक्ति गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिशमा मन्त्रीपरिषद् गठन एवं कार्यविभाजन गर्नुभएको हो ।
कांग्रेसबाट मन्त्री बन्नुभएका शिवराज अधिकारीको मन्त्रालय पछि तोकिनेभएको छ भने कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । कांग्रेसको भागमा परेका छ वटा मन्त्रालय मुख्यमन्त्री आफैले राख्नुभएको छ ।
यस्तै एमालेबाट मन्त्री बन्नुभएका किरण थापा मगरले स्वास्थ्य मन्त्रालय, मधुसूदन पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, भरतबहादुर केसीले वन तथा वातावरण मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय र विन्दु श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
एमालेबाट सरकारमा जाने थापा बाहेक सबै नयाँ अनुहार हुनुहुन्छ ।
नवनियुक्त मन्त्रीहरुलाई मुख्यमन्त्री बानियाँको उपस्थितिमा प्रदेश प्रमुख देवकोटाले सपथ ग्रहण गराउनुभएको थियो ।
यस्तै कांग्रेस र एमालेबिच २०–२० महिना आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति यसअघि भएको थियो । उक्त सहमति अनुसार कांग्रेसबाट बहादुर सिंह लामा तामाङ १२ महिनाभन्दा बढी मुख्यमन्त्री रहीसक्नुभएको छ । सहमति कार्यान्वयन भएमा बानियाँ आगामी चैतसम्म मुख्यमन्त्री रहनु हुनेभएको छ ।
त्यसपछि सरकारको नेतृत्व एमालेले गर्ने गरी यसअघि नै सहमति भएको थियो ।
यसअघि बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटाले लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सोमबार सरकार गठनका लागि दाबी पेस गर्न आव्हान गर्नुभएको थियो । प्रदेश प्रमुखको आव्हान अनुसार सोमबार नै कांग्रेस र एमालेले दाबी पेस गरेका थिए ।
कांग्रेसको दाबी अनुसार मंगलबार दिउँसो नै कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा कांग्रेस र एमालेका ६४ जना प्रदेश सभा सदस्य रहेका छन् । बागमती प्रदेशमा मुख्यमन्त्री बन्नेमा बानियाँ छैटौँ हुनुहुन्छ । बानियाँले लामालाई संसदीय दलको नेतामा पराजित गर्नुभएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा गत शुक्रबार भएको छलफलमा भएको सहमति र आग्रहमा लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै बानियाँलाई मुख्यमन्त्री बन्नेबाटो खुलेको थियो ।
बानियाँ मकवानपुरको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

ताजा समाचार

Related Articles