कैलाशमा स्वास्थ्य क्लिनिक भवन उद्घाटन

लोकप्रिय

हेटौँडा, साउन २० गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० बेतिनीमा सामूदायिक स्वास्थ्य क्लिनिक भवन सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले भवनको मंगलबार उद्घाटन गर्दै स्वास्थ्य र सरसफाईको क्षेत्रमा गाउँपालिकाले साझेदारी संस्थाहरुसँगको सहकार्य गरेर काम गरिरहेको बताउनुभयो ।
आमनागरिकलाई स्वास्थ्य सेवाबाट बन्चित नहुन भन्ने उद्देश्यसहित सेवा प्रदान गर्दै आइरहेको भन्दै उहाँले होम डेलीभरीको अन्त्यका लागि वडा नं. १० र ६ मा प्रसूति सेवा चालु आवमा सञ्चालनमा ल्याउने तयारी गाउँपालिका रहेको बताउनुभयो ।
प्रेम सेवा समाजले सञ्चालनमा ल्याएको स्वास्थ्य क्लिनिकको भवन १९ लाख ९६ हजार ९२४ रुपियाँको लागतमा निर्माण गरिएको समाजका अध्यक्ष मीरा स्याङ्तानले बताईन् । कैलाश गाउँपालिका, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेम सेवा समाजको साझेदारीमा तीन कोठे भवन निर्माण भएको गरिएको हो ।
समाजका अध्यक्ष स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य सुन्तली सुनुवार, समाजका संस्थापक अध्यक्ष वीरबहादुर सिंतान, स्वास्थ्य चौकी नामटारका प्रमुख रन्जेश कुमार पटेल, आधारभूत स्वास्थ्य केन्द्र भाल्टारका प्रमुख सन्तोष साहलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भवन निर्माण गर्न सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष मुक्तान, शान्ति नेपालका अध्यक्ष विद्या मालाकार, प्रमुख दाता डा. चन्द्रन, एक कठ्ठा जग्गा दान गर्ने जग्गादाता नेपाल इसाई मण्डली स्मुर्ना मण्डलीलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles