फोनिजले २६ औं स्थापना दिवस मनायो

लोकप्रिय

हेटौँडा, साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले मंगलबार हेटौँडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरी २६ औं स्थापना दिवस मनाइएको छ । “समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल नाराका साथ प्रभातफेरी कार्यक्रम गरिएको हो । प्रभातफेरीपछि फोनिज मकवानपुरका अध्यक्ष नवराज वाईबाको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष एवम् फोनिज मकवानपुरका सल्लाहकार कृष्ण सारु मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघ अध्यक्ष मगरले सञ्चारको क्षेत्रमा आदिवासी जनजातिको आवाज अझ प्रभावकारी बनाउन फोनिजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाँले जिम्मेवार र उत्तरदायी भएर पेशामा क्रियाशील हुन पत्रकारलाई आग्रह गर्नुभयो ।
फोनिजका केन्द्रीय पार्षद् एवम् पत्रकार महासंघ बागमतीका सदस्य सुर्वणलाल श्रेष्ठले पत्रकारको अधिकारका लागि महासंघ सदैब लागि परिरहेको भन्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत उल्लेखनीय उपलब्धी प्राप्त हुनुमा जनजाति पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
फोनिज मकवानपुरका अध्यक्ष वाईबाले जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिमलगायतका कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा फोनिज बागमतीका उपाध्यक्ष दीलबहादुर रुम्बा, सञ्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङ, प्रेस चौतारी मकवानपुरका इन्चार्ज विवश अधिकारीलगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles