काठमाडौँ, साउन २७ गते । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभापति पदबाट राजीनामा दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

निजामति विधेयकमा कुलिङ अफ पिरियडको बिषयमा भएको त्रुटी र त्यस सम्बन्धमा छानवीन समितिले जिम्मेवार व्यक्तिसमेतको कमजोरी भनी उल्लेख गरेकोले आफुले राजीनामा दिएको खतिवडाको भनाइ थियो ।




