खासकुरा संवाददाता
हेटौँडा, साउन २८ गते । रसुवाको गोसाईकुण्ड गाउँपालिका ५ ठुलो भार्खुमा सर्पले डस्दा दुई जना घाइते भएका छन् ।
स्थानीय ८५ वर्षीय जम्बु तार्के तामाङले आफ्नै खेतमा घाँस काट्ने क्रममा मंगलबार सर्पले निजको दाहिने हातको चोरी औलामा डसी घाईते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
यस्तै प्रहरीका अनुसार सोही स्थानका ४२ वर्षीय साईला नगरकोटीलाई गाई चराउने क्रममा निजको बाँया हातको पन्जामा सर्पले डसी घाईते हुनुभएको छ । तामाङ र नगरकोटी दुवै जनालाई रसुवा अस्पताल धुन्चे रसुवामा ल्याई उपचार भएको र अवस्था मध्यम रहेको प्रदेश प्रहरी कार्यालयको भनाई रहेको छ ।




