कारागारलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण

लोकप्रिय

काठमाडौँ,  साउन २८ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न कारागारहरू असुरक्षित हुन थालेको भन्दै सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरुले वीरगन्ज कारागारमा उपचार नपाएर एकजना कैदी बन्दीको मृत्यु भएको र कैलाली कारागारमा एक जनाको हत्या भएको भन्दै कारागार घटनाबारे सरकारको धारणा माग गर्नुभयो ।

कैलाली कारागारमा प्रहरीको सुरक्षा घेराभित्र नै झडप हुँदा समेत प्रहरीले सुरक्षा प्राप्त गर्न नसकेको, क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या उत्पन्न भइरहेको भन्दै कारागारलाई सुुधारगृहका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरुले देशका विभिन्न भागमा महिला र बालबालिका माथि बलात्कारको घटना बढेको, सडक दुर्घटना बढेको, देशमा सुशासन कायम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।  सांसदहरुले मधेश प्रदेशमा शुुख्खाग्रस्त क्षेत्र घोषणा भएको क्षेत्रमा राहतका कार्यक्रमहरू, खानेपानी, सिँचाइलगायतको व्यवस्था तत्काल गर्न माग गर्नुभयो  । सांसदहरुले नागरिकको गोपनीयतामाथि आघात पुुग्नेगरी फोनकल, म्यासेज, संवाद भिडियो आदी संविधान प्रदत्त नागरिकका हक विपरीत ट्यापीङ हुनेगरी राष्ट्रिय अनुसन्धान विभाग सम्बन्धी विधेयक ल्याउन खोजीको भन्दै यसप्रकारका विवादित कानुन नल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

ताजा समाचार

Related Articles