गाँजासहित एक जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १ गते । मकवानपुर प्रहरीले हेटौँडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोईन्टस्थित पूर्व पश्चिम सडक खण्डबाट एक जनालाई पक्राउ गरेको छ ।
मनहरीबाट जितपुरतर्फ जादैं गरेको बा.२१ च ३०८५ नं. को योद्धा पिकअप गाडीलाई रोकी जाँच गर्ने क्रममा सो गाडीको पछाडिको भागमा लुकाई छिपाई ल्याईएको अवस्थामा ११ पोकामा रहेको १२५ किलो गाँजासहित चालक रामबहादुर तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
धादिङको गल्छी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ३१ का तामाङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles