हेटौँडा, भदौ १ गते । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संगठन निर्माणमा एक ढिक्का भएर लाग्न आग्रह गर्नुभएको छ ।
कांग्रेस थाहा नगर समिति र मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ को (१) प्रदेश सभा समितिको संयुक्त आयोजनामा मुख्यमन्त्री बानियाँको लाई थाहानगरको पालुङमा आइतबार भएको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले जनताले अनुभू ितगर्ने गरी विकास निर्माणका कामसँगै सेवा प्रवाह छिटो छरितो गर्नुपर्ने बताउनुभयो ।
कांग्रेसभित्र कुनै गुटउपगुट नभएको जिकिर गर्दै आगामी ८४ सालमा पनि पार्टीलाई पहिलो पार्टी बनाउने गरी लाग्नुपर्नेमा जोड दिनुभयो ।
बानियाँले आफूले मुख्यमन्त्रीका रुपमा पाउने सेवासुविधाबाट आफ्नो निर्वाचन क्षेत्रमा रहेका गरिब विपन्न परिवारलाई दशैं अगावै घर बनाउने दो¥याउँदै प्रदेश सरकारले जनताले देख्ने र अनुभव गर्ने गरी कार्य गर्ने बताउनुभयो ।
उहाँले अब जनप्रतिनिधिहरुले पार्टीसँग समन्वय गरेर आम जनताको समस्या समाधानका साथै स्थानीय आवश्यकताका आधारमा विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस थाहानगर सभापति प्रमोद जोशीको सभाध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ को (१) प्रदेश सभा समिति सभापति खड्ग गोपालीलगायतको उपस्थिति रहेको थियो ।




