जापानी इन्सेफ्लाईटिसबाट तीन जनाको मृत्यु

लोकप्रिय

चितवन, भदौ ३ गते जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये तीन जनाको जापानी इन्सेफ्लाईटिसबाट मृत्यु भएको छ । साउन २३ गते देखि भदौ ३ गते सम्मको नमुना परीक्षणका क्रममा ९ जनामा सङ्क्रमण देखिएको थियो । ती मध्ये ३ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका वडा नम्बर १२ की ७० वर्षीय वृद्धा र भरतपुर महानगरपालिका वडा नम्बर १२ की ८१ बर्सिया वृद्धा रहेका छन् ।

उनीहरूको विगत ११ दिनमा आएको नतिजा हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका ३ जना सङ्क्रमित मध्ये एक जनाको मृत्यु भएको थियो । उहाँले भन्नुभयो “जापानी इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ ।”

कालिका नगरपालिकामा एउटै वडामा दुई जनालाई सङ्क्रमण देखिएको छ । भरतपुर महानगरपालिकाको तीन वटा वडामा, राप्ती नगरपालिकाको दुई वटा वडामा, खैरहनी नगरपालिकाको एउटा वडामा र माडी नगरपालिकाको एउटा वडामा एक÷एक जनामा यो रोगको सङ्क्रमण देखिएको हो । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य सरुवा रोग हो ।

ताजा समाचार

Related Articles