काठमाडौँ, भदौ ४ गते । सडक विभाग, बबरमहलमा मा श्रीमान् महानिर्देशकज्यू तथा विभागका कर्मचारीहरूको सक्रियतामा पुस्तकालय पुनः सञ्चालनमा आएको छ। २०७२ सालको महाभूकम्पका कारण छरिएर रहेका पुस्तकहरूलाई सकलन गरी पुस्तकालयमा सुरक्षित रूपमा राखिएको छ।
पुनःसञ्चालनको क्रममा, सबै कर्मचारी र सरोकारवालाहरुलाई आग्रह गरिएको छ कि सम्भव भएसम्म पुस्तकालयलाई सहयोग पुर्याउने उद्देश्यले स्वेच्छिक रूपमा पुस्तकहरू प्रदान गरुन्। यस कार्यले विभागभित्रको ज्ञान र स्रोतसाधनहरूको पहुँच बढाउने मात्र नभई, सडक विभागद्वारा गरिने काममा दक्षता र गुणस्तर वृद्धि गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
पुनःसञ्चालित पुस्तकालय विभागका कर्मचारी तथा सरोकारवालाहरुलाई सूचना, अध्ययन, अनुसन्धान र अन्य शैक्षिक गतिविधिहरूको लागि उपयोग गर्न खुला रहेको छ।