तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा

लोकप्रिय

काठमाडौँ , भदौ १० गते । प्रथम महिला सबिता पौडेलले हरितालिका तिजको अवसरमा पशुपतिनाथको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ ।
प्रथम महिला पौडेलले मङ्गलबार पशुपतिनाथको मन्दिरमा विधिपूर्वक पूजा गरेर मन्दिरका पूजारीबाट टीका ग्रहण गर्नुभयो ।
नेपाली महिलाहरुको महान चाड तीजका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा बिहानैदेखि वर्तालु महिला भक्तजनहरुको भीड लागेको छ ।

ताजा समाचार

Related Articles